गृहमन्त्रीको भ्रमण र कार्यक्रमहरु बारे मिडियालाई जानकारी नदिनु पत्रकार महास‌घ दार्चुलाकाे आपत्ती

३ बर्ष अघि

२0७७ आश्विन ९ शुक्रबार

गृहमन्त्रीको भ्रमण र कार्यक्रमहरु बारे मिडियालाई जानकारी नदिनु पत्रकार महास‌घ दार्चुलाकाे आपत्ती

दृष्टिकोण समाचार असोज ९ दार्चुला । नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापा  को दार्चुला भ्रमण र कार्यक्रम बारे पत्रकारहरुलाई जानकारी नगराएको प्रति पत्रकार महासंघ दार्चुलाले खेद प्रकट गरेको छ ।  भ्रमण कार्यक्रमबारे जिल्ला स्थित पत्रकारहरुले पटक–पटक जिल्ला प्रशासन कार्यालय दार्चुला र सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा पटक–पटक सम्पर्क गर्दा पनि जानकारी नदिइएको र केहि पत्रकारहरुको फोन रिसिभ गर्ने कार्य समेत नभएकाले मिडिया क्षेत्रलाई उपेक्षा गरिएको भन्दै पत्रकार महासंघ दार्चुला शाखाले एक विज्ञप्ती जारि गर्दै खेद प्र्रकट गरेको छ ।  भारताबाट अतिक्रमित नेपाली भूमी कालापानी क्षेत्र नजिकको छाङरु गाउँमा निर्माण गरिन लागेको सशस्त्र प्रहरी गुल्म भवनको शिलान्यास गर्न भएको यो उच्च स्तरिय भ्रमणले सिमाक्षेत्र र सिमा क्षेत्रका नागरिक उत्साहित भएका छन् । नेपाल सरकारले सिमा सुरक्षाको विषयलाई उच्च प्राथमिकता दिएको छ भन्ने यो भ्रमणले सन्देश दिएको छ, विज्ञप्तीमा भनिएको छ  । गृहमन्त्री सहित उच्च स्तिरिय भ्रमण हुदाँ नागरिक स्तरमा चासो र सरोकार हुनु स्वभाविक रहेको र नागरिकको चासो र सरोकारको विषयलाई  जोड्ने जिम्मेवारी मिडियाको रहेकोमा जिल्ला स्थित स्थानिय प्रशासन र सशस्त्र प्रहरी गणका प्रमुखबाट प्रर्दशन गरिएको ब्यहार र देखाइएको भुमिका खेदजनक छ, विज्ञप्तीमा उल्लेख छ ।  गृहमन्त्री जस्तो उच्च स्तरको भ्रमण हुदाँ प्रमुख जिल्ला अधिकारी र गणपति नै जानकार विहिन हुने अवस्था भए गैरजिम्मेवार र दयनिय अवस्था भएको तथा नियतबश नै सञ्चारकर्मीहरुलाई जानकारी नगराइएको भए यो गलत र खेदजनक प्रवृती सबैका लागि घातक हुने विज्ञप्तीमा भनिएको छ । लोकतान्त्रिक शासन ब्यवस्थामा मिडियाको भूमिकालाई उपेक्षा गर्ने र गैरजिम्मेवार प्रवृतीका विरुद्ध दार्चुलाका मिडियाकर्मीहरुको कलम सशक्त चलिरहने पत्रकार महासंघको भनाई छ ।