सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म व्याँसको छांगरुमा उद्धघाटन 

३ बर्ष अघि

२0७७ आश्विन ९ शुक्रबार

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म व्याँसको छांगरुमा उद्धघाटन 

दृष्टिकोण समाचार असोज ९ दार्चुला ।दार्चुलाको व्यास गाउँपालिका वडा नं. १ छांगरुको गागामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको शुक्रबार गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरेका छन । व्याँसको छांगरुमा स्थापना गरिएको सशस्त्र प्रहरीको गुल्मको हेलिकप्टरमार्फत गृहमन्त्री व्याँसको छांगरु पुगेर उद्घाटन गरेका हुन ।  नेपालको  भूमीको रक्षाको लागि भन्दै गत वैशाख ३१ गते सशस्त्र प्रहरीले  बोर्डर आउट पोष्ट राखेको थियो ।  भने गत असार २८ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार छाङ्रुमा  सशस्त्र प्रहरीको गुल्म स्थापना गर्ने भनि परिपत्र भएकाले शुक्रबार एक कार्यक्रमको आयोजना गरि उद्धघाटन गरिएको गुल्मपति डिएसपी धिरेन्द्र शाहले जनकारी दिनु भयो ।गुल्मको उद्धघाटनका लागि गृहमन्त्री रामबाहादुर थापा, सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने, दार्चुलाका सांसद गणेशसिह ठगुन्ना, लगायतका व्यतिहरुको सहभागिता रहेको छ । गृहमन्त्री थापा नेतृत्वको टोली शुक्रबार व्यासमै बस्ने कार्यक्रम रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताउनुभयो ।