दार्चुलामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या ८६ पुग्यो

३ बर्ष अघि

२0७७ आश्विन ९ शुक्रबार

दार्चुलामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या ८६ पुग्यो

दृष्टिकोण समाचार असोज ९ दार्चुला । दार्चुलामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बैतडी प्रयोगशालामा गरिएको परिक्षणमा दार्चुलाका तीन स्थानीय तहका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लाको मार्मा गाउँपालिकाका १९ बर्ष,३९ बर्ष र ,३० बर्ष गरि ३ जना पुरुषमा कोरोना देखिएको जिल्ला अस्पताल बैतडिले जनाएको छ ।  गएको २४ घण्टामा दार्चुला जिल्लाका २८ जनाको परिआर परिक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  हाल सम्म दार्चुलामा ५७ जना कोरोना निको भएर घरफर्किएका छन भने २९ जना जिल्लाको विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी काकीले बताउनु भयो । हाल सम्म दार्चुलामा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो  ।