गृहमन्त्री थापा द्धारा, छांगरुमा सशस्त्रको गुल्म शिलान्यास हुदैँ

३ बर्ष अघि

२0७७ आश्विन ९ शुक्रबार

गृहमन्त्री थापा द्धारा, छांगरुमा सशस्त्रको गुल्म शिलान्यास हुदैँ

दृष्टिकोण समाचार असोज ९ दार्चुला ।  नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा  नेतृत्वको टोली दार्चुला आउनलागेको छ । सशस्त्र प्रहरी बल नेपाल गुल्म नम्बर ५० छाङ्रु दार्चुलाको भवन शिलान्यास गर्न गृहमन्त्री थापा दार्चुला आउन लागेको सशस्त्र प्रहरीले जनाएको छ । भवनको शिलन्यासको लागि गृहमन्त्री थापा सँगै सशस्त्र प्रहरी प्रमुख आईजीपी शैलेन्द्र खनाल, गृहसचिव महेश्वर न्यौपाने, सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, दार्चुलाबाट निर्वाचित सांसद गणेशसिह ठगुन्ना लगायत १२ जनाको टोली दार्चुला आउन लागेको हो । गृहमन्त्री थापा नेतृत्वको टोली शुक्रबार बिहान १० बजे काठमान्डौँबाट सुर्खेत आइपुगेको र सुर्खेतबाट छांगरु जाने कार्यक्रम रहेको सशस्त्र प्रहरी बल नेपाल गण नम्बर ४० हेडक्वाटर दार्चुलाले जनाएको छ । गत असार २९ गते बसेको मन्त्रिपरिषद बैठकले सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्र्टरलाई व्याँस गाउँपालिका–१ छाङरुस्थित गागामा सार्ने निर्णय गरेको थियो । अहिले व्याँसमा सशस्त्र प्रहरीको नेतृत्व सशस्त्र प्रहरी नायव उपरीक्षक डिएसपी धिरेन्द्र शाहले गर्नुभएको छ ।गृहमन्त्री थापाले गुल्मको शिलान्याससँगै सो क्षेत्रको अनुगमन समेत गर्नेछन् ।