दार्चुलामा कार्यरत प्रहरीका सई होटलमा मृत भेट्टिए

३ बर्ष अघि

२0७७ आश्विन ९ शुक्रबार

दार्चुलामा कार्यरत प्रहरीका सई होटलमा मृत भेट्टिए

दृष्टिकोण समाचार असोज ९ दार्चुला । दार्चुलामा कार्यरत एक जना नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक सई को होटलमा मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्ब रावल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शुक्रबार विहान होटलकै शौचालयमा लडेको अवस्था भेटिएका सईलाई जिल्ला अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। सई रावल दार्चुला सदरमुकामको मल्लो बजार बंगाबगडस्थित जयदुर्गा भवानी होटलको शौचालयमा मुखबाट रगत बगेको अवस्थामा भेट्टिनुभएको थियो। घटनाबारे शुक्रबार विहान होटल मालिकले प्रहरीलाई खबर गरेपछि अस्पताल लैजाँदा बाटोमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ । घटनाबारे बिस्तृत अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । रावल दल्लेख प्रहरी चौकीबाट ईलाका प्रहरी कार्यालय हुती सरुवा हुनुभएको थियो । प्रहरी नायब उपरीक्षक पदम बहादुर बिष्टका अनुसार मृतको शरीरमा देखिने घाउचोट केही छैन । मुखबाट रगत आएको छ । होटलको शौचालयमा थोरै रगत पनि भेटिएको छ । उहाँ दल्लेखबाट ५ गते सदरमुकाम खलंगा आएको प्रहरीले जनाएको छ ।