अवकास प्राप्त शिक्षकले कक्षामा प्रथम हुने १ देखि ५ सम्मका विद्यार्थीलाई नगत  ५ सयका दरले छात्रबृति दिने घोषणा 

३ बर्ष अघि

२0७७ आश्विन ८ बिहीबार

अवकास प्राप्त शिक्षकले कक्षामा प्रथम हुने १ देखि ५ सम्मका विद्यार्थीलाई नगत  ५ सयका दरले छात्रबृति दिने घोषणा 

दृष्टिकोण समाचार असोज ८ दार्चुला । दार्चुला जिल्लाको व्याँस गाँउपालिकामा रहेको सम्पाल मावि सुनसेरामा अध्ययन गर्ने १ देखि ५ सम्मका प्रथम हुने  विद्यार्थिहरुलाई ५ सय का दरले छात्रबृति दिने घोेषण गरेका छन । विहिबार अवकास प्राप्त गरेका शिक्षक शंकर दत्त भट्टले विदाई समारोहमा बोल्दै उक्त कुरा घोषण गरेका हुन । विगत लामो समय सम्म सम्पाल माविमा कार्यरथ शिक्षक भट्टले पेन्सबाफत आउने पौसाबाट बार्षिक २५ सय रुपयाँ विद्यालयमा १ देखि ५ सम्म पढने विद्यार्थिहरुलाई हौसला बढाउने उदेश्यले छात्रबृति सरुप पौसा उपलब्ध गराउने बताउनु भयो । त्यस्तै आफुले अन्तिम शिक्षा हासिल गरेको विद्यालय श्री हिमालय मा.वि हुतीमा माध्यमिक तहको अन्तिम परिक्षा कक्षा १२ मा उच्चतम जी.पी.ए  ल्याउने एकजना  विद्यार्थीलाई नगत २५ सय रुपयाँ छात्रबृति दिएका छन ्। शिक्षण क्षेत्रमा  ४० बर्षसम्म सेवा गरि अनिवार्य अवकाश पाउनु भएका शिक्षक शंकर दत्त भट्टले प्रत्येक बर्षे विद्यार्थीलाइ छात्रबृतिबाफत पेन्सनबाट कटौति गरि  रु ५ हजार दिने घोषण  समेत गरेका छन ।