शैल्यशिखर ५ मा स्वास्थ्य इकाई केन्द्र स्थापना

३ बर्ष अघि

२0७७ आश्विन ८ बिहीबार

शैल्यशिखर ५ मा स्वास्थ्य इकाई केन्द्र स्थापना

दृष्टिकोण समाचार असोज ८ दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाले वडा नम्बर ५ ओखणानीमा स्वास्थ्य इकाई केन्द्रको स्थापना गरेको छ । स्वास्थ्य सेवामा नागरिकहरुको पहुच विस्तार गर्ने उदेश्उका साँथ  स्वास्थ्य इकाई केन्द्रको स्थापना गरिएको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिह धामीले जानकारी दिनुभयो । विहिबार एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य इकाई केन्द्रको उद्धघाटन गरेका छन । गत आर्थिक बर्षमा ४ कोठे भवन निर्माण गरिएको भएपनि केहिकाम बाकि रहेकाले ३ लाख बजेट यस आर्थिक बर्षमा विनियोजन गरि स्वास्थ्य सेवालाई प्रभावकारी ढङगबाट अगाडि बढाउने शैल्यशिखर नगरपालिकाका नगर प्रमुख धामीले जानकारी दिनुभयो । आधारभुत स्वास्थ्य इकाई केन्द्रमा एक जना अहेब, कार्यालय सहयोगी र स्विपर गरि तिन जनाको दरबन्दी मिलान गरि आजैबाट सेवा सुचारु गरिएको नगर प्रमुख धामीले बताउनु भयो ।