दार्चुलाका चार विद्यालयमा प्राविधिक शिक्षा लागु हुने 

६ बर्ष अघि

२0७५ असार ३0 शनिबार

दार्चुलाका चार विद्यालयमा प्राविधिक शिक्षा लागु हुने 

दृष्टीकोण समाचार, असार ३० दार्चुला । नेपाल सरकारले शिक्षा क्षेत्रमा अग्रगामी छलाङ मारेको छ । केपी ओली प्रधानमन्त्री भएपछिको पहिलो सम्बोधनबाट गरेको शिक्षाको विकासमा सिटीइभिटीबाट मान्यता प्राप्त हुने गरी दुईबर्ष भित्र देशका सबै स्थानीय तहहरुमा एक—एक प्राविधिक शिक्षा दिने निर्णय अनुसार दार्चुलाका चार विद्यालयहरुमा प्राविधिक शिक्षा लागु हुने भएको हो ।
प्रदेश नम्बर सातमा जम्मा १३ विद्यालयहरुबाट आगामी शैक्षीक शत्रबाट प्राविधिक शिक्षा पढाई हुनेछ । जसमध्ये दार्चुला जिल्लाका चारवटा विद्यालयमा प्राविधिक धारको कक्षा सञ्चालन गर्नका लागि विद्यालयहरु छनौट गरिएका छन् ।  दार्चुला जिल्लाको महाकाली नगरपालिकामा रहेको महेन्द्र नमुना मावि, मालिकार्जुन मावि प्रेमनगर मड, राष्ट्रिय मावि दत्तु र गोकुलेश्वर मावि गोकुलेश्वरमा पहिलो चरणमा प्राविधिक शिक्षाका अध्यापनका लागि विद्यालयहरु छनौट गरिएका हुन् ।
राष्ट्रिय मावि दत्तुमा कम्युटर र अन्य तीनवटा विद्यालयहरुमा सिबिल ओभरसियरका कक्षा सञ्चालन हुनेछन् । यसका लागि विद्यालयहरुलाई सबै किसिमको व्यवस्थापन गरिएको जानकारी गराउन २१ दिने सूचना जारी गरिएको छ ।