राष्ट्रिय परिचयपत्र वितरण कार्य दार्चुलामा पनि सुरु बिहिबार  ४६ जनालाई वितरण  

३ बर्ष अघि

२0७७ आश्विन ८ बिहीबार

राष्ट्रिय परिचयपत्र वितरण कार्य दार्चुलामा पनि सुरु बिहिबार  ४६ जनालाई वितरण  

दृष्टिकोण समाचार असोज ८ दार्चुला ।राष्ट्रिय परिचय पत्र वितरणको काम दार्चुलामा पनि सुरु भएको छ । बिहिबार जिल्ला समन्व समिति प्रमुख करविर बहादर कार्कीले  पहिलो परिचय पत्र दिएर वितरण सुरु गरेका हुन् ।जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्की महाकाली नगरपालिका प्रमुख हंषराज भट्ट र मार्मा गाँउपालिकाका अध्यक्ष जमन सिह धामीले राष्ट्रिय परिचय पत्र दार्ता गरि परिचयपत्र वितरणको काम सुरु गरेका छन । जिल्ला प्रसाशन कार्यालय दार्चुलाले आनोपचारी रुपमा  तीन चार दिन पहिलेबाटै विबरण संकलन गरिएको भएपनि  बिहिबार एक औपचारीक कार्यक्रमको आयोजना गरि परिचय पत्र वितरणको काम सचारु गरेका छन । हाल सम्म दार्चुलामा  ४६ जनालाई कार्ड वितरण गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोख्रेलले जानकरी दिनु भयो । आगामी ३ वर्षभित्र सबै दार्चुला जिल्ला बासिलाई  राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजनाका साथ धमाधम काम भइरहेको प्रमुख जिल्ला अधिकारी पोख्रेले जनाएको छन । राष्ट्रिय परिचयपत्र वितरणको कार्यलाई राष्ट्रिय उत्सवको रूपमा मनाउन नसकिएपनि जिल्लाका प्रमुख व्यतिहरुबाट उद्धघाटन गरि वितरण कार्यको सुभारम्भ गरि हरेका नागरिकको सम्पुर्ण कुराहरु उल्लेक गरिने दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोख्रेलले बताउनु भयो । राष्ट्रिय परिचयपत्र एक नागरिकको दश अङ्कको व्यक्तिगत परिचय पत्र नम्बर उल्लेख गरि परिचयपत्र जारी गर्ने क्रममा नागरिकका ३० वटा भन्दा बढी व्यक्तिगत विवरण, औँलाको छाप, फोटो र आँखाको नानीको तस्बिर सहितका सूचना सङ्कलन गरिन लागेको छ । नेपाली नागरिकताको प्रमाणपत्रको कमिकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउने उद्देश्यसहित नेपाल सरकारको आर्थिक वर्ष २०६६÷६७ को वार्षिक नीति तथा कार्यक्रममा नेपाली नागरिकलाई बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने अवधारणा ल्याइएको थियो ।त्यसैगरी, यो परिचयपत्रले व्यक्तिको राहदानी, जमीनको स्वामित्व, करदाता सूचना, आर्थिक कारोबारका विवरणलाई समेत प्रमाणित गर्ने बताइएको छ । यो परिचय–पत्रले मुलुकको सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न सहयोग पुग्नुका साथै नेपाली, गैर आवासीय नेपाली तथा विदेशीको तथ्याङ्कलाई एकिन गर्न मद्दत पुग्ने विश्वास लिइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।