नेपालमा थप १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि, 

३ बर्ष अघि

२0७७ आश्विन ८ बिहीबार

नेपालमा थप १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि, 

काठमाडौ असोज ८ । गएको २४ घण्टामा १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ ।गएको २४ घण्टामा ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४ सय ९७ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा चार सय ५७ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ५० हजार ४ सय ११ जना पुगेको छ ।  १८ हजार ४ सय ३७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन । यस्तै ६ हजार पाँच सय ६५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । विहिबार १७ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय ५३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।