नेपाल निजामती कर्मचारीले पुर्णता पायो 

३ बर्ष अघि

२0७७ आश्विन ८ बिहीबार

नेपाल निजामती कर्मचारीले पुर्णता पायो 

दृष्टिकोण समाचार असोज ८ दार्चुला । नेपाल निजामती कर्मचारी संगठन दार्चुलाको भेलाले जिल्ला कमिटिले पुर्णता पाएको छ । संगठनको बुधबार बसेको भेलाले नरबहादुर ठगुन्नालाई जिल्ला अध्यक्षमा चयन गरिएको हो । यसअघि जिल्ला अध्यक्षको जिम्मेवारीमा रहनुभएका पदमराज जोशीले कर्मचारी संगठनको दार्चुला र महेन्द्रनगर जिल्लाको इन्चार्जको जिम्मेवारी पाएपछि अध्यक्ष पद रिक्त थियो । यस्तै भेलाले संगठनको सचिवमा मनोरथ जोशीलाइ चयन गरेको छ । सदस्यहरुमा हरिश प्रसाद पन्त, आशा रैखोला, राइकिशन बुढाथोकी, दिपक धामी, करनसिह धामी, चन्द्रकान्त पाण्डे चयन भएको संगठले जनाएको छ । कार्यक्रममा रिक्त पदाधिकारी चयनका साँथै दशै तिहारको सुभकामना आदानप्रदान गरिएको नवनिर्वासचत अध्यक्ष नरबाहादुर ठगुन्नाले बताउनु भयो । भने बुधबर  केन्द्रीय सदस्य र दार्चुला महाकाली इन्चार्ज मनोनीत हुनु भएकोमा  पदम राज जोशीलाई बधाई तथा सुभकामना प्रदान समेत गरिएको थियो ।