शैक्षिक शत्रको ६ महिना बिति सक्दा सम्म पनि महेन्द्र नमुनाका विद्यार्थिहरुले पुस्तक पाउन सकेन्न 

३ बर्ष अघि

२0७७ आश्विन ७ बुधबार

शैक्षिक शत्रको ६ महिना बिति सक्दा सम्म पनि महेन्द्र नमुनाका विद्यार्थिहरुले पुस्तक पाउन सकेन्न 

दृष्टिकोण समाचार असोज ७ दार्चुला । दार्चुला जिल्ला सरदमुकाममा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थिहरुले ६ महिना हुदा सम्म पनि पुस्तक पाउन सकेको छैन्न । जिल्ला सदरमुकाममा रहेको महेन्द्र नमुना माविमा अध्ययन गर्ने विद्यार्थिहरुले शैक्षिक शत्रको ६  महिना वितिसक्दा पनि पाठ्यपुस्तक नभएको गुनासो गरेका हुन । बुधबार महेन्द्र नमुना माविको आयोजनामा   अभिभावक संग छलफत तथा समाजिक परिक्षण कार्यक्रम उक्त कुरा बताएका छन । माध्यमिक तहसम्म नेपालसरकारले निःशुल्क रुपमा पाठ्यपुस्तक उपलब्ध गराउने भनेपनि विद्यार्थिकहरुको अर्धबार्षिक परिक्षा सञ्चालन हुने समय सम्म पनि बिद्यालयले पुस्तक उपलब्ध नगरिदिँदा विद्यार्थिहरु मार्कामा परेको स्थानीय अभिभावक हिरा देवि अवस्थीले बताउनु भयो । दार्चुला जिल्लामा मात्रै नभई देशभरीमा कोरोना महामारीले भयाबह अवस्था भएकाले सबै विद्यालय तथा स्थानीय सरकारहरुले शैक्षिक उपलब्धी बढाउन आज मात्रै नभई भोलिका दिनमा पनि दिगो हुने र सुरक्षीत ढंगबाट सिकाई सहजिकरण सञ्चालन गर्नु आवश्यक रहेको अर्का अभिभावक खडक सिह बडालको भनाई छ । दार्चुला जिल्ला सदरमुकाममा रहेको महेन्द्र नमुना माविको शिक्षण सिकाईलाई प्रभावकारी ढंगबाट अगाडि बढाउन विद्यालय व्यवस्थापन र शिक्षकहरुले थुप्रै पहल चालेको भएपनि सफल हुन सकिरहेको छैन । गुणस्थरीय शिक्षाका लागि अभियान चलिरहदा पनि प्राकृतिक विपत्तीले शिक्षण सिकाईमा समस्या भएको र विद्यालयको पाठ्यपुस्तक सम्म पनि पुगाउन समस्या भएको विद्यालयका प्र.अ राम दत्त जोशीले बताउनु भयो । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले विद्यालयको शैक्षिक विकासमा काम गरिरहेको भएपनि सरदमुकाम जस्तो विद्यालयमा ६ महिना विति सक्दा सम्म पनि गाँउघरका विद्यालयको अवस्था कस्तो रहला भनि अभिभावकहरु चिन्तीत बनेका छन । बुधबार समाजिक परिक्षण तथा अभिभावकहरु संगको छलफल कार्यक्रममा पढाई सहजिकरणका लागि एकजोर प्रणलिबाट कक्षाहरु संचालनको लागि अभिभावहरु संग सहमति गर्न कायक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।