दैनिक हजारका दरले बढ्दै कोरोना संक्रमित, संक्रमितको संख्या ६६ हजार नाघ्यो

३ बर्ष अघि

२0७७ आश्विन ६ मंगलवार

दैनिक हजारका दरले बढ्दै कोरोना संक्रमित, संक्रमितको संख्या ६६ हजार नाघ्यो

दृष्टिकोण समाचार असोज ६ दार्चुला ।  गएको २४ घण्टामा एक हजार तीन सय ५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कोरोना भाइरसका सङ्क्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।   गएको २४ घण्टामा ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५६ जनामा सङ्क्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालले गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । गएको २४ घण्टामा आठ सय २३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ४८ हजार ६१ रहेको छ ।  अब नेपालमा १८ हजार एक सय ४२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन । ७ हजार एक सय ७१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा दुई जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय २९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।  यसैबीच दार्चुला जिल्लामा थप एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार महाकाली नगरपालिकाले पाँच जनाको स्वाब संकलन गरी बैतडी पठाएको थियो । ती मध्ये एक जनाको रिपोर्ट पोजेटीभ आएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।