४१ औँ समाजिक सेवा दिवसको अवसरमा २४ जना सम्मानित 

३ बर्ष अघि

२0७७ आश्विन ६ मंगलवार

४१ औँ समाजिक सेवा दिवसको अवसरमा २४ जना सम्मानित 

दृष्टिकोण समाचार असोज ६ दार्चुला । दार्चुला जिल्लामा रहेको गैसरसरी संस्था महासंघको ४१ औँ समाजिक सेवा दिवसको अवसरमा दार्चुलामा २४ जना सम्मानित भएका छन् । समाजिक क्षेत्रःराष्ट्रिय गौरव भन्ने मूल नाराका साथ असोज ६ गते देखि १२ गते सम्म गैरसरकारी संस्था महासंघ दार्चुलाको आयोजनामा साताव्यापी समाजिक सेवा दिवसको आरम्भ गरिएको हो । समाजिक सेवा दिवसको पहिलो दिन महाकाली नगरपालिका क्षेत्रमा सरसफई गर्ने २४ जनालाई सम्मानित गरेको हो । आजको प्राथमिकता समृद्धि र सुखका लागि समाजिक रुपान्त्रण र उद्ययमशीलतालाई बढावा दिदै साताव्यापी समाजिक सेवा दिवस मनाउन लागेको गैरसरकारी संस्था महासंघ दार्चुलाका अध्यक्ष विष्णुदत्त भट्टले जानकारी दिनुभयो । समाजिक सेवा दिवसको उद्घाटन समारोहमा बोल्दै महाकाली नगरपालिकाका नगर प्रमुख हंषराज भट्टले नगरपालिकाको सरसफाईलाई  आजको सम्मानले थप उर्जा मिलेको बताउनु भयो । विगतका दिनमा देशभरी भव्यताका साथ मनाईने समाजिक सेवा दिवस यसपाली कोरोना महामारीले सबै क्षेत्रमा मनाउन नसकिए पनि कोरोनाको महामारीमा पनि नगरपालिकाको सदरमुकाम क्षेत्रमा सरसफई गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको अध्यक्ष भट्टले जानकारी दिनुभयो । विकास र समृद्धिका कुरामा जोड दिँदै मंगलबारबाट समाजिक सेवा दिवसको सुरुवात गरेको र विभिन्न कार्यक्रमहरु गरि एक हप्तासम्म दिवस मनाईने आयोजकले जनाएको छ ।