एक घण्टा सीमापुल खुल्यो, ५५ जना भित्रिए ३६ जना बाहिरीए

३ बर्ष अघि

२0७७ आश्विन ६ मंगलवार

एक घण्टा सीमापुल खुल्यो, ५५ जना भित्रिए ३६ जना बाहिरीए

पृथ्वीराज सुनाम, असोज ६ दार्चुला ।नेपाल भारत सीमा क्षेत्र जोड्ने दार्चुलाको झोलुङ्गे पुल मंगलबार दिउँसो ३ बजे एक घण्टाका लागि खुलेको छ । भारतको विभिन्न ठाउँमा काम गर्ने नेपालीहरु र नेपालमा बस्ने भारतीय नागरिक तथा विभिन्न कामले भारत जाने नेपालीहरुलाई सीमा क्षेत्रबाट ओहोर दोहोर गरार्ईएको छ । मंगलबार एक घण्टाका लागि खुलेको सीमाबाट भारतबाट ५५ जना भित्रीएका छन् भने ३६ जना बाहिरीएका छन् । भारतको विभिन्न ठाउँमा काम गर्दै आएका नेपालको विभिन्न क्षेत्रका नेपालीहरु नेपाल भित्रीएको जिल्ला प्रहरी कार्याल दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । नेपाल भित्रीनेमा ३७ जना दार्चुलाको, १३ जना जुम्लाको २ जना सिन्धुपाल्चोक, २ जना बैतडी र बाजुरा तथा रामेछापका एक गरी जम्मा ५५ जना भित्रीएका छन् । नेपाल भित्रीएका नेपालीहरुलाई महाकाली नगरपालिकाले विभिन्न जिल्लाका पालिकाहरुसँग सम्पर्क गरी सम्बन्धित जिल्लामा पठाउने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।