व्याँसको तम्बाकु क्षेत्रको बाटो पनि नेपाली सेनाले निर्माण गर्ने 

३ बर्ष अघि

२0७७ आश्विन ६ मंगलवार

व्याँसको तम्बाकु क्षेत्रको बाटो पनि नेपाली सेनाले निर्माण गर्ने 

पुष्पा धामी असोज ६ दार्चुला ।व्यास गाउँपालिका वडा नम्बर एक छाङरु तिङ्कर जोड्ने घाँटिबगर क्षेत्रमा घोरेटो बाटो निर्माण गरिरहेको नेपाली सेनालाई घाँटीबगर भन्दा पाँच किलोमिटर तल रहेको तम्बाकु क्षेत्रको बाटो पनि नेपाली सेनाले निर्माण गर्ने भएको छ । रक्षा मन्त्रालयले तम्बाकु क्षेत्रमा पनि घोरेटो बाटो निर्माण गर्न नेपाली सेनालाई पत्राचार गरी आदेश दिएको छ । असोज ४ गते प्रधान सेनापतीलाई पत्र लेख्दै रक्षामन्त्रालयले तम्बाकु क्षेत्रमा पनि बाटो निर्माणका लागि जिम्मेवारी दिएको हो ।दार्चुला जिल्लाबाट निर्वाचित संघिय साँसद गणेशसिह ठगुन्नाले रक्षा मन्त्रालयलाई आग्रग गरेपछि रक्षा मन्त्रालयले नेपाली सेनालाई सो क्षेत्रको बाटो निर्माणको जिम्मेवारी दिएको हो ।गत जेठ ९ गतेबाट निर्माण कार्य सुरु गरेको घाँटीबगर क्षेत्रको साढे पाँच सय मिटर घोरेटो बाटो निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि सो क्षेत्रमा नेपाली सेनाले बाटो निर्माणको काम अन्तिम चरणमा पुगाएको छ । घाँटी बगर क्षेत्रमा निर्माण गरिएको घोरेटो बाटोको लगत्तै उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।