नेपाल टेलिकम दार्चुलाले नयाँ भवन निर्माण गरिदै , 

३ बर्ष अघि

२0७७ आश्विन ५ सोमबार

नेपाल टेलिकम दार्चुलाले नयाँ भवन निर्माण गरिदै , 

पुष्पा धामी, असोज ५ दार्चुला । नेपाल टेलिकम दार्चुलाले नयाँ भवन  निर्माणको कार्य सुरु गरेको छ । आर्थिक बर्ष २०७७÷७८ मा काम गर्ने गरि कुल २ करोड ४९ लाख बजेट खर्च गरिने भएको छ । नेपाल टेलिकम दार्चुलाको सेवा प्रभावमा सहजता गराउने उदेश्यका साँथ  सनिदेव बालिचन्द जे.बि निर्माण प्रा.लि कम्पनीबाट भवन निर्माण सुरु भएको ठेकेदार हरि सिंह बिष्टले बताउनु भयो । भवन निर्माणको लागि नेपाल टेलिकम  क्षेत्रीय प्रादेशिक कार्यालय  अत्तरिया संग सम्झौता गरि काम सुचारु गरिएको सनिदेव बालिचन्द जे.बि निर्माण प्रा.लि  ठेकेदार बिष्टले बताउनु भयो ।