पाकिस्तानका पूर्बप्रधानमन्त्री पक्राउ

६ बर्ष अघि

२0७५ असार ३0 शनिबार

पाकिस्तानका पूर्बप्रधानमन्त्री पक्राउ

दृष्टीकाेण समाचार असार ३० । भ्रष्टाचार मुद्दामा जेल सजाय सुनाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ पक्राउ परेका छन् । बेलायतबाट अबुधाबी हुँदै शुक्रबार राति स्वदेश फर्किएका शरिफसँगै उनकी छोरी मरियमलाई सुरक्षाकर्मीले गिरफ्तार गरेको हो ।भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा ६ जुलाईमा भएको फैसलामा शरिफलाई १० र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो । तर फैसला सुनाउने बेला श्रीमतीको उपचारका लागि शरिफ परिवारसहित बेलायतमा थिए । २५ जुलाइमा हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा स्वदेश फर्किएका शरिफलाई विमानस्थलमा उत्रिएलगत्तै नेशनल एकान्टिबिलिटी व्यूरो (एनएबी) ले पक्रेको हो । बीबीसीका अनुसार शरिफका बावु–छोरीलाई त्यहाँको नेशनल अडियाला जेलमा राखिएको छ ।

विमानस्थलमा तनाव 

स्वदेश फर्किएका शरिफको स्वागतका लागि पाकिस्तान मुस्लिम लिग–नवाज पार्टीले विमानस्थलमा उपस्थित हुन उर्दी नै जारी गरेको थियो । तर पार्टी निर्देशनअनुसार विमानस्थलमा स्वागतका लागि पुगेका कैयौं समर्थकलाई प्रहरीले राेकेकाे थियाे ।