नदिजन्य पदार्थ संकलन व्यावस्थापनका लागि निर्देशिकाको पालना गर्नु आवश्यक

३ बर्ष अघि

२0७७ आश्विन ५ सोमबार

नदिजन्य पदार्थ संकलन व्यावस्थापनका लागि निर्देशिकाको पालना गर्नु आवश्यक

दृष्टिकोण समाचार असोज ५ दार्चुला ।संकलप दार्चुलाले नदिजन्य पदार्थहरुको उत्खन्न र व्यस्थापनको लागि निर्देशिकाको पालना गर्नु आश्यक रहेको बताएका छन । सोमबार महाकाली नदि लगायत अन्य खोलानालहरुबाट उत्खन्न गरिने बालुवा ,गिट्टी लगायतका नदिजन्य पदार्थहरुको संकलन निर्देशिकाको पुर्ण पालना गर्न सरकारलाई घचघच्याउने उदेश्यका साँथ एक दिने गोष्टिको आयोजना गरिएको  संल्कप दार्चुलाका कोडनेटर नारायण जोशीले जानकरी दिनु भयो । स्थानीय स्थरमा संकलन गरिने बालुवा गिट्टी ढुङगा लगायता बस्तुहरुबाट सरकारलाई के फईदा भएको छ र स्थानीय नागरिकले सरकारले  निर्माण गरेको निर्देशिकाको पालना गरिरहेका छन भन्ने विषयमा सबैलाई जानकारी गराएको कोडनेटर जोशीले बताउनु भयो । जिल्लामा रहेको निर्माण व्यवसायि र समुदाय स्थरमा काम गर्दो आएका अन्य  पदाधिकारी संघसंस्था लगायतका व्यतिहरु सित  एक दिने गोष्टिको आयोजना गरेको हो । उक्त कार्यक्रममा नेपाल र भारतको सिमाना जोडिएको महाकाली नदिको बालुवा गिट्टी निकासि गरिएको भएपनि नेपाल सरकारले निर्माण गरेको नितिको पालना नभएकाले अवैध रुपमा नदिजन्या पदार्थको प्रयोग कम गर्न नितिको पालना गरि अगाडि बढ्नु आवश्यक रहेको बताउनु भयो ।दुईदेशलाई छुट्याउने महाकाली नदि बाहेका अन्य स्याना नदिनालहरुबाट पनि थुप्रै बालुवा गिट्टीहरु संकलन हुने र कुनै निकायले उत्खन्न रोक्न तथा त्यसको व्यवस्थापनामा ध्यान नदिदा बाढिपहिरोको जोखिम बढिरहेको सरोेकारवाल निकायहरुले जोड दिएका छन । अवका दिनमा सबै स्थानीय तहहरुलाई उजागर गर्न आम सरोकावाल निकायहरु एकढिक्का हुन आवश्यक रहेकाले गोष्टिको आयोजना गरिएको संकल्प दार्चुलाले जनाएको छ ।