मागहरु पुरा गर्ने सर्तमा व्याँस गाउँपालिको ताला ११ दिन पछि खुल्यो । 

४ बर्ष अघि

२0७७ आश्विन ५ सोमबार

मागहरु पुरा गर्ने सर्तमा व्याँस गाउँपालिको ताला ११ दिन पछि खुल्यो । 

दृष्टिकोण समाचार असोज ५ दार्चुला । दार्चुलाको व्याँस गाँउपालिकामा योजनाको रकमान्तर गरेको र उपभोक्ता समिति गठनमा वडा अध्यक्षको अधिकार खोसेको भन्दै गत भाद्र २६ गते लगाएको ताला  ११ दिन पछि खुल्यो छ । गाउँपालाकामा नेपाल कम्युन्ष्टि पार्टी निकटका वडा अध्यक्ष र नेता तथा कार्यकर्ताले गाँउपालिकाले अनियम्तिा गरेको भन्दै ताला लगाएको थियो ।  आईतबार जिल्ला सरदमुकाम दार्चुलामा बसेको सरोकावाल निकायको बैठकले गाँउपालिकाको कमजोरी सच्याउने  सर्तमा ताला खोलिएको व्याँस गाँउपालिका वडा नं. ३ का अध्यक्ष उपेन्द« सिंह धामीले बताउनु भयो ।  ब्याँस गाउँपालिकाले खरमुक्त  कार्यक्रमको जस्तापाता पहिरो पिडितलाई वितरण गरेको र सोधभर्नाका लागि वडा नं. ३ का पाँचवटा योजना कटौती गरेर रकमातर गरेपछि गाउँपालिकामा विवाद भएको थियो । आईतबार जिल्ला समनव्य समिति दार्चुलाका प्रमुख करबीर बहादुर कार्कीको अध्यक्षतामा बैठक बसि  गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकी र वडा १,३ र ४ का अध्यक्षहरुलाई  बसालेर योजनाको रकमान्तर गर्ने निर्णय फिर्ता लिनुपर्ने, कोभिडको बेला भएको खर्च सार्वजनीक गर्ने लगायतका कुरामा सहमति भएपनि आज ११ दिनपछि ताला खुलेको व्याँस गाँउपालिकाले जनाएको छ ।  गाउँपालिकामा लगाइएको तालाका कारण सेवाग्राही समस्यामा पर्नुका साथै कामकाज ठप्प भएपछि ताला खुलाइएको हो । दुबै पक्षबिच छलफल पश्चात गाउँपालिकामा लगाएको ताला खोल्ने विषयमा आइतबार सहमति भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेखरचन्द्र ओझाले जानकारी दिनुभयो । तालाबन्दी गर्ने पक्षका माग सम्बोधन गर्न गाउँपालिका तयार भएपछि ताला खोल्ने सहमति भएका थियो । गाउँपालिकामा लागेको ताला खुलेसंगै सोमबार आज देखि गाउँपालिकाका नियमित काम र सेवाहरु सुचारु भएको प्रमुख प्रशासकिय अधिकृत ओझाले जानकारी दिनुभयो ।