सुदुरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्यको प्रचार गर्नु आवस्यक रहेको सरोकारवालाहरुको भनाई 

४ बर्ष अघि

२0७७ आश्विन ४ आईतवार

सुदुरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्यको प्रचार गर्नु आवस्यक रहेको सरोकारवालाहरुको भनाई 

दृष्टिकोण समाचार असोज ४ दार्चुला ।  दार्चुला जिल्लाको पर्यटन पर्वद्धनका लागि पर्यटकीय गन्तव्यहरुका विकास विस्तार र प्रचार प्रसार गर्नु आवस्यक रहेको सरोकारवालाहरुले बताएका छन् । आईतबार नाटा फउन्डेसन सुदुरपश्चिम प्रदेशको समन्वयमा आयोजना गरिएको जुम मिटिङमा सहभागीहरुले यस्तो बताएका हुन् । महाकाली नगरपालिकाका नगरप्रमुख हंषराज भट्टका अनुसार दार्चुला जिल्लाको पर्यटन पर्वद्धनका लागि जिल्लामा थुप्रै सम्भावना रहेकाले पहिचानका लागि सबैले एक ढिक्का भएर काम गर्नु पर्ने बताउनु भयो । त्यसैगरी नौगाड गाँउपालिका अध्यक्ष प्रेमसिह धामीले जिल्लाको पर्यटन क्षेत्रको विकास गर्न स्थानीय तह एक्लैले सम्भव नहुने बताएका छन् ।दुहँ गाँउपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले स्थानीय तहहरुले आ—आफ्नो तर्फबाट विभिन्न काम गरिरहेको भएपनि पर्यटन विकासको दिगो कार्ययोजना नभएकोले पछि परीएको बताउनु भयो । दार्चुला जिल्ला लगायत सुदुरपश्चिमको पर्यटन पर्वद्धनमा सहयोग गर्ने उदेश्यले नाटा सुदुरपश्चिमले जुम मिटिङको आयोजना गरिएको अध्यक्ष माया प्रकास भट्टले बताउनु भयो । दार्चुला जिल्लाका पर्यटकीय सम्भावनाहरुको पहिचान गरी प्रचार—प्रसार गर्न नाटा सबैक्षेत्रसँग सहकार्य गर्न तत्पर रहेको नाटा सुदुरपश्चिमका अध्यक्ष भट्टले जानकारी दिनुभयो ।