खलंगा बजार खुले पनि सैलुन पशल बन्द, सेवाग्राही तथा व्यवसायी मर्कामा 

४ बर्ष अघि

२0७७ आश्विन ४ आईतवार

खलंगा बजार खुले पनि सैलुन पशल बन्द, सेवाग्राही तथा व्यवसायी मर्कामा 

दिनेश निरौला, असोज ४ दार्चुला । महाकाली नगरपालीका शिल गरिएको ९ दिन पछी पुर्ण रुपले बजार क्षेत्र खुलेपनि शैलुन पशल भने बन्द रहेका छन् । भाद्र २४ गते दार्चुला खलंगामा सैलुन व्यवसाय संचालक एक जनामा कारोना पुष्टि भएसँगै खलंगा बजार क्षेत्र सील गरिएको थियो । असोज २ गते दिउँसोबाट अन्य बजार क्षेत्र खुलेपनि सैलुन पशलहरु भने बन्द रहेका छन् । दार्चुला जिल्ला सदरमुकाम क्षेत्रमा आधादर्जन बढी सैलुन पशल सञ्चालनमा रहेका छन् ।  दैनिक एकै पशलमा २०÷२५ जनाले दाह्री कपाल काट्ने गरेको भएपनि सैलुन पशल बन्दहुँदा ग्राहकहरु फर्केर जाने गरेका छन् । दार्चुला सदरमुकाम क्षेत्रमा सञ्चालन गरिएका सबै सैलुन व्यवसायीहरु भारतीय नागरिक हुन् । अन्य बजार क्षेत्र खुले पनि सैलुन व्यवसायीहरुलाई भने पशल खोल्न दिइएको छैन् । पशल बन्द हुँदा सयौँ ग्राहक मर्कामा परेका छन् भने त्यो भन्दा बढी समस्या व्यवसायीहरुलाई भएको छ । आफुहरुको कमाई नै शैलुन व्यवसायबाट भएको हुँदा पशलको भाडा, कोठा भाडा तिर्न तथा खानलाउन समेत समस्या भईरहेको शैलुन व्यवसायीले बताउनु भयो ।