संविधान दिवसको अवसरमा कारगारबाट एक जना कैदीलाई माफी 

४ बर्ष अघि

२0७७ आश्विन ३ शनिबार

संविधान दिवसको अवसरमा कारगारबाट एक जना कैदीलाई माफी 

दृष्टिकोण समाचार असोज ३ दार्चुला । जिल्ला करागार दार्चुमा सविधान दिवसको अवसरमा जिल्ला कारागार दार्चुलामा कैद भुक्तान गरिरहेका नौगाड गाउँपालिका वडा नम्बर ६ धुलिगाडाका एक जना कैदीले माफी पाएका छन । कर्तव्य ज्यान मुद्धामा  वर्ष पहिले जेल चलना गरिएका धुलिगाडाका आनसिह ठगुन्नाको  बाकी कैद मिनाहा गर्दे माफी दिएको कारागार दार्चुलाका जेलर मान बाहदुर खडायतले जनाकारी दिनुभयो । शुरुमा २० बर्ष कैद फैसला भएका ठगुन्नाको सर्बोच्च अदालतबाट कैद सजाय घटाएर १२ बर्ष कायम गरिएको थियो । ६ बर्ष ३ महिना ४ दिन कैद सजाय भुक्तान गरिसकेका ठगुन्नालाई ५ बर्ष ८ महिना २६ दिन कैद माफ गर्दै रिहा गरिएको जेलर खडायतले बताउनुभयो ।गणतन्त्र दिवसको अवसरमा कारागार विभागले देशभरीबाट आधा भन्दा बढी सजाय भुक्तान गरिसकेका र माफी दिन मिल्ने कसुर अन्तरगत कारागार चलान भएका कैदीहरुको नामावली माग्ने गरेको छ । सोहि अनुसार असोज २ गतेसम्म आधाभन्दा बढी कैद भोगिसकेका र २० बर्षभन्दा कम कैद फैसला भएकोले ठगुन्नालाई रिहा गरिएको हो ।मन्त्रिपरिषद्को सिफारिसमा शनिबारदेखि लागू हुने गरी दार्चुलाका ठगुन्ना सहित २८९ जनाले संविधान दिवसको अवसरमा माफी पाएका हुन ।संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर कैद कट्टा नियमावली, २०७६ को व्यवस्था अनुसार कैदी बन्दीको कैद मिनाह गर्न सक्ने व्यवस्था छ ।