नेपाल भारतका नागरिक बीच सामुहिक समस्या समाधानका लागि छलफल

४ बर्ष अघि

२0७७ आश्विन ३ शनिबार

नेपाल भारतका नागरिक बीच सामुहिक समस्या समाधानका लागि छलफल

दृष्टिकोण समाचार, असोज ३ दार्चुला । सिडा, अक्सफाम, ट्रोसा तथा संकल्प दार्चुलाले सञ्चालन गरिरहेको दक्षिण एसियाली सीमावर्ती नदिको पानीको सामुहिक सदुपयोग कार्यक्रम अन्तरगत गठन गरिएका नेपाल भारत दुबै देशका पैरबी मञ्चहरुबीच सामुहिक समस्या समाधानको बारेमा छलफल भईरहेको छ । दार्चुला जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर पाँच तिग्रमममा गठन गरिएको महिला शसक्तिकरण समुह र भारतको स्याकुरीमा ठगन गरिएको समुहबीच बेला बेला सीमावर्ती नदिका साझा समस्याको बारेमा छलफल हुने गरेको भूमिराज महिला शसक्तिकरण केन्द्रका सामाजिक परिचालिका कलावती विष्टले जानकारी दिनुभयो ।
ट्रोसा कार्यक्रम लागु भएपछि सो क्षेत्रका महिलाहरुमा खासगरी पानीको बहुउपयोगका बारेमा जानकारी, समस्या समाधानका लागि छलफल तथा पहलकदमी, नीतिनिर्माण तहमा महिलाका सवालको उठान, आयआर्जन तथा फोहर मैला व्यवस्थापनका क्षेत्रमा शसक्त भएर महिला सहभागिता बढी रहेको छ ।
नेपाल भारत सीमावर्ती क्षेत्रमा रहेको सीमा नदि महकालीको पानीको सामुहिक सदुपयोग, नदीको सरसफाई तथा महिला नेतृत्वका लागि तिग्रमका महिलाहरु सक्षम भएका छन् । हाल सम्म दुईदेश बीचका महिला पैरबी मञ्चहरुबीच चार पटक सामुहिक छलफल भईसकेको र आजभोली कोरोना महामारीका कारण सीमा बन्द रहेको हुँदा फोन मार्फत जानकारी आदानप्रदान भईरहेको सामाजिक परिचालिका कलावती विष्टले जानकारी दिनुभयो ।