दार्चुलामा कोरोना संक्रमितको संख्या ८० पुग्यो

४ बर्ष अघि

२0७७ आश्विन ३ शनिबार

दार्चुलामा कोरोना संक्रमितको संख्या ८० पुग्यो

दृष्टिकोण समाचार असोज ३ दार्चुला । दार्चुलामा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका दुई स्थानीय तहका दुइ जना महिलासहित २१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ  । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा अहिलेसम्मकै बढि व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीका अनुसार महाकाली नगरपालिकाका १ जना पुरुष तथा मार्मा गाउँपालिकाका २ जना महिलासहित २० जनामा कोरोना संक्रमण देखिएको छ । मार्मा गाउँपालिकाका ३२ वर्ष, २४ वर्ष २५ वर्ष, ४४ वर्ष, ३९ वर्ष ३० वर्ष, २६ वर्ष, ३० वर्ष, ३० वर्ष, ३२ वर्षका पुरुषमा कोरोना देखिएको छ । यस्तै ३४ वर्ष, ३२ वर्ष, २० वर्ष २५ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको छ भने २२ वर्ष र २८ वर्षका महिलामा समेत कोरोना देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । यस्तै २८ वर्ष ५० वर्ष ३२ वर्ष ४२ वर्ष र ५५ वर्षका पुरुषमा कोरोना सक्रमण देखिएको छ यता महाकाली नगरपालिकाका २४ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ  । दार्चुलामा हालसम्म कोरोना संक्रमितको संख्या ८० जना पुगेको छ । मार्मामा कारानो संक्रमण पुष्टि भएका सबै व्यक्ति मार्मा ४ तपोवनको क्वारेन्टाइनमा राखिएको छ । उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष जमनसिह धामीले बताउनुभयो ।