आकस्मिक कोष संचालन सम्बन्धि कार्यबिधी मन्त्री परिषद्बाट स्वीकृत

६ बर्ष अघि

२0७५ असार २९ शुक्रबार

आकस्मिक कोष संचालन सम्बन्धि कार्यबिधी मन्त्री परिषद्बाट स्वीकृत

दृष्टीकोण समाचार, धनगडी , प्रदेश सातको मन्त्री परिषद् बैठकले प्रदेशको आकस्मिक कोष संचालन सम्बन्धि कार्यबिधीलाई स्वीकृती प्रदान गरेको छ । मुख्य मन्त्री तथा मन्त्री परिषद् कार्यालयमा शुक्रबार बसेको १६ औं मन्त्री परिषद् बैठकले कार्यबिधीमा स्वीकृती प्रदान गरेको हो । यस अघिनै प्रदेश सभाले प्रदेश आमस्मिक कोष परित गरिसकेको छ । आमस्मिक कोषलाई पूर्णता दिन कार्यबिधीमा बनाइएको हो । मन्त्री परिषद्् बैठकले कार्यबिधी स्वीकृत गरेपछि प्राकृतिक र गैरप्राकृतिक संकटमा रहात र उद्धारमा सहज हुने अपेक्षा गएिको छ । मन्त्री परिषद् बैठक पछि प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले मापदण्ड बनाएर आमस्मिक कोषको प्रयोग गर्ने बताए । उनले भने ‘अहिले बाढि पहिलोको संकट आइरहेको छ, त्यसमा राहात र उद्धारको लागि हामीले कोष परित गरेर कार्यबिधीलाई समेत स्वीकृत गरेका छौं, अब कार्यबिधी भित्र रहेर मापदण्ड बनाउछौं । प्रदेश आर्थिक ऐन अन्तरगर्त रहेर प्रदेश आमस्मिक कोष तयार गरिसकेको हो ।

चालु आर्थिक बर्ष २०७४÷०७५ मा कोषका लागि प्रदेश सरकारले ५० लाख रुपैया बिनयोज समेत गरेको छ । मनसुन सक्रिय भएसंगै हुन सक्ने बिपत्तमा राहात र उद्धारका लागि कोष तयार गरिएको हो । प्रदेश आमस्मिक कोषको खाता नेपाल राष्ट्र बैंकमा रहने, प्रदेश लेखा नियन्त्रक र कोष ब्यवस्थापन शाखा प्रमुखको हस्ताक्षरमा खाता संचालन हुने मन्त्री परिषद् बैठकले निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले बताए । बिपद् जोखिम न्यूनिकरण ब्यवस्थापन ऐन २०७४ अन्तर्गत प्रदेश स्तरिय बिपद् ब्यवस्थापन समिति समेत गठन गरिएको छ । केन्द्र सरकारले यस सम्बन्धि नियमावलि निमार्णमा ढिलाइ गर्दा प्रदेश नम्बर सातमा अध्यक्ष मुख्य मन्त्री त्रिलोचन भट्टबाहेक अन्य पदरिक्त रहेको छ ।