सैलुन व्यवसायीको सम्र्पकमा रहेका ६० जनाको रिर्पोट नेगेटिभ

४ बर्ष अघि

२0७७ आश्विन २ शुक्रबार

सैलुन व्यवसायीको सम्र्पकमा रहेका ६० जनाको रिर्पोट नेगेटिभ

दृष्टिकोण समाचार असोज २ दार्चुला ।  दार्चुला जिल्लामा सैलुन व्यवसाय सञ्चालन गर्दै आएका एक व्यक्तिमा कोरोना भाईरस पोजेटिभ देखिएपछि उनको सम्र्पमा रहेका ६० जनाको पीसीआर परीक्षण गरिएको छ । भाद्र ३० गते गरिएको पीसीआर परीक्षणको रिर्पोट नेगेटिभ आएको छ । यो बीचमा महाकाली नरपालिकामा भाद्र २७ गते ७० जना र भाद्र ३० गते ६० जनाको पीसीआर परीक्षण गरिएको जिल्ला अस्पताल दार्चुलाका जन स्वास्थ्य अधिकृत जयराज भट्टले जनाकारी दिनुभयो । हाल सम्म दार्चुला जिल्लामा २ हजार ६ सय ३२ जनाको पीसीआर परीक्षण गरिएकोमा  ५९ जनाको रिर्पोट पोजेटिभ आएकोमा ५४ जना निको भएर घर फर्किसकेका छन् भने ६ जना जिल्लाका विभिन्न आइसोलेशनमा रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।