चालु आवको दुई महिनामा अढाई सय सवारीलाई गरियो कार्वाही 

४ बर्ष अघि

२0७७ आश्विन २ शुक्रबार

चालु आवको दुई महिनामा अढाई सय सवारीलाई गरियो कार्वाही 

दृष्टिकोण समाचार असोज २ दार्चुला । चालु आर्थिक बर्षको दुई महिनाको अवधिमा जिल्ला ट्राफिक कार्यालय दार्चुलाले २ सय ६५ वटा सवारी साधनलाई कार्वाही गरेको छ । ट्राफिक नियम विपरित चल्ने सवारी साधनहरुलाई कार्वाही गरी १ लाख ६२ हजार ५ सय रुपैँया राजस्व संकलन गरिएको जिल्ला ट्राफिक कार्यालय दार्चुला निमित्त प्रमुख प्रहरी हवल्दार दिपक बोहराले जनाकारी दिनुभयो । यो अवधिमा  १ सय ८६ वटा जीप, ३२ ट्रक, २५ टेक्टर, ४० मोटरसाकल र ३ बसलाई कार्वाही गरिएको हो ।