महिला हिंसाका घटना बढ्दो क्रममा, दुई महिनाको अवधिमा ९ वटा घटना प्रहरीमा दर्ता 

४ बर्ष अघि

२0७७ आश्विन २ शुक्रबार

महिला हिंसाका घटना बढ्दो क्रममा, दुई महिनाको अवधिमा ९ वटा घटना प्रहरीमा दर्ता 

पुष्पा धामी, असोज २ दार्चुला ।दार्चुला जिल्लाम पछिल्लो तीन बर्षको अवधिमा महिला हिंसाका घटनाहरु बढ्दो क्रममा रहेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलामा दर्ता भएका घटनाहरुको तथ्याङ्क हेर्दा महिला हिंसाका घटनाहरु बढ्दो क्रममा रहेको पाईएको छ । आर्थिक बर्ष २०७४÷७५ मा ३८ आव २०७५÷७६ मा ६८ आव २०७६÷७७ मा ७९ वटा महिला हिंसाका घटना प्रहरीमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । त्यस्तै चालु आर्थिक वर्ष २०७७÷७८ को दुई महिनाको अवधिमा ९ वटा महिला हिंसाका घटना प्रहरीमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक पदम बहादुर विष्टले जानकारी दिनुभयो । त्यसैगरी आर्थिक बर्ष २०७४÷७५ मा जबरजस्ती करणीका ७ घटना प्रहरीमा दर्ता भएका छन् । आव २०७५÷७६ मा ५, आव २०७६÷७७ मा १ र चालु आवमा एक गरी तीन बर्षको अवधीमा १४ घटना दर्ता भएका छन् । तिन बर्षको अवधीमा बहुविवाहका ४, आत्महत्याका २७ वटा घटना प्रहरीमा दर्ता भएका छन् ।