एक बर्षको अवधिमा जिल्ला प्रशासनको सेवा प्रवाह संख्या ५ हजार बढी

४ बर्ष अघि

२0७७ आश्विन २ शुक्रबार

एक बर्षको अवधिमा जिल्ला प्रशासनको सेवा प्रवाह संख्या ५ हजार बढी

पृथ्वीराज सुनाम, असोज २ दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक बर्षको अवधिमा ५ हजार ७ सय ५१ संख्यामा सेवा प्रवाह गरेको छ । गत आर्थिक वर्ष २०७६ साउन देखि २०७७ असार सम्मको अवधिमा स्थानीय प्रशासन तथा शान्ति सुरक्षा फाँट र नागरिकता फाँट बाट प्रवाह गरिने सेवाहरुको संख्या ५ हजार बढी रहेको छ । स्थानीय प्रशासन तथा शान्ति सुरक्षा फाँट अन्तगर नाम थर प्रमाणित, जन्म मृत्यु प्रमाणित, सवारी पास जारी, मासिक प्रतिवेदन, हातहतियार नामसारी तथा नविकरण जस्ता सेवाहरुको संख्या २ हजार २ सय ८६ रहेको छ ।
त्यस्तै नागरिकता फाँट अन्तगत नागरिकता वितरण, प्रतिलिपी, नागरिकता परित्याग तथा नाबालक परिचयपत्र तथा घुम्ती सेवा शिविर सेवा तर्फ ३ हजार ४ सय ६५ संख्यामा सेवा दिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।