एकैदिन २ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि, 

४ बर्ष अघि

२0७७ आश्विन २ शुक्रबार

एकैदिन २ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि, 

काठमाडौ असोज २ । गएको २४ घण्टामा दुई हजार २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको संख्या ६१ हजार पाँच सय ९३ पुगेको छ ।  गएको २४ घण्टामा ११ हजार चार सय ५८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार २० जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा आठ सय ७१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४३ हजार आठ सय २० पुगेको छ ।  अब नेपालमा १७ हजार तीन सय ८३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन । यस्तै सात हजार सात सय ३६ जना क्वारेन्टाइन रहेको मन्त्रालयले जनाएको छ ।  यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या तीन सय ९० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।