कैलालीकी पत्रकार मृत फेला

४ बर्ष अघि

२0७७ आश्विन २ शुक्रबार

कैलालीकी पत्रकार मृत फेला

धनगढी असोज २ ।  कैलालीमा कार्यरत एक पत्रकार मृत फेला परेकी छिन्। जिल्लाको घोडाघोडी नगरपालिकामा २३ बर्षीया पत्रकार निर्मला पहराइ मृत फेला परेकी हुन्।घटनास्थलमा पुगेका नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीका सहसचिव श्रवण देउवाले उनी झुण्डिएको अवस्थामा मृत फेला परेको जानकारी दिए। उनका अनुसार घोडाघोडी नगरपालिका वडा नम्वर ४ की पहराइ जिल्लाको कैलाली एफएममा कार्यरत थिईन्।पहराइ २१ गतेबाट सम्पर्क विहीन भएकी थिईन्। ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथा प्रहरी नायव उपरिक्षक सागर बोहराले घटनास्थलमा प्रहरी निरिक्षकको टोली खटाइएको बताउँदै थप अनुसन्धान भईरहेको जानकारी दिए। उनका अनुसार वडा नम्वर ५ मा उनी मृत फेला परेकी हुन्। तीन दिनअघि घरबाट सुख्खड जान्छु भनि हिडेकी उनी त्यसयता सम्पर्क बिहिन थिईन्। दिनेश खबरबाट