बैतडीमा कोरोना संक्रमित संख्या ३८५ पुग्यो 

४ बर्ष अघि

२0७७ आश्विन २ शुक्रबार

बैतडीमा कोरोना संक्रमित संख्या ३८५ पुग्यो 

बैतडी असार २ । बैतडी जिल्लामामा कोरोना संक्रमितको संख्या ३८५ पुगेको छ । शुक्रवार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप २ जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा संक्रमितको संख्या ३८५ पुगेको हो । थप हुनेहरुमा सुर्नया गाउँपालिका ७ का ३४ बर्षीया महिला र मेलौली नगरपालिका ३ का ४० बर्षीय पुरुष रहेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ती भुवनप्रसाद जोशीले जानकारी दिए ।जिल्लाम हाल सक्रिय संक्रमितको संख्या १० रहेको छ । दशरथचन्द नगरपालिकाका ६, डिलाशैनी गाउँपालिका २, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाका १(१ जना मात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।सक्रिय संक्रमितमध्ये डिलाशैनी २ जनामात्रै संस्थागत आइसोलेसनमा रहेका कोभिड १९ सम्पर्क व्यक्ती जोशीले बताए। अन्य ८ जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी ३७५ जना डिस्चार्ज भइसकेका छन् ।बैतडीमा ३८५ जनामा संक्रमण पुष्टि हुँदा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकाका ६० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै दशरथचन्द नगरपालिकाका ५२, सिगास गाउँपालिकाका ५१, शिवनाथ गाउँपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४५, पाटन नगरपालिकाका ४४ जनामा संक्रमण पुष्टि भईसकेको छ । यस्तै मेलौली नगरपालिकाका ३४, सुर्नया गाउँपालिकाका २९, पुर्चौंडी नगरपालिकाका १० र डिलाशैनी गाउँपालिकाका १० जनामा संक्रमण पुष्टी भएको छ ।