चितवन असोज २ । चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक जना युवकको मृत्यु भएको छ ।कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ११ निवासी ३१ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।२६ गते कोरोना पुष्टि भएका उनको गएराति मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर ती युवकको उपचार भइरहेको थियो ।