दार्चुला लगायत सुुदूरपश्चिममा बुढी पोल्ने पर्व मानाईयो, रोगव्यदिबाट छुटकरा पाईने विश्वास

४ बर्ष अघि

२0७७ आश्विन १ बिहीबार

दार्चुला लगायत सुुदूरपश्चिममा बुढी पोल्ने पर्व मानाईयो, रोगव्यदिबाट छुटकरा पाईने विश्वास

दृष्टिकोण समाचार असोज १ दार्चुला । दार्चुला लगायत सुुदूरपश्चिम र कर्णलालि प्रदेशमा बुढी पोल्ने पर्व धुमधामका साँथ मानाएका छन । हरेक वर्ष असोज संक्रान्तिमा मनाइने बुढी पोल्ने पर्व सुदूरपश्चिमका ९ वटै जिल्ला र कर्णालि प्रदेशका केही जिल्लामा धुमधामका साथ यो पार्व मनाएको हो ।  प्रत्येक वर्ष असोज संक्रान्तिका दिन, राक्षस पुतनालाई भगवान श्री कृष्णले मारेको सम्झनामा सुदूरपश्चिम र  कर्णालि प्रदेशमा यो पर्व मनाइने गरिएको छ । यस पर्वमा गाईबस्तुको हेरचाह गर्ने गोठलाले भाद्र संक्रान्ति अर्थात् ओल्के पर्वको दिन सल्ला, बाँझ लिङगो आदि रुखहरु काटेर बनाएको बुढीलाई जलाउने चलन रहेको छ । द्वापर युगमा राक्षस पुतनाले राजा कंशको आदेशमा भगवान कृष्णलाई दूधको रुपमा विष खुवाएर मार्न लागेको वेला भगवान कृष्णले थाहा पाएर उल्टै राक्षसी पुतनाको रगत चुसी मारेको खुशीयालीमा सुदूरपश्चिममा यो पर्व मनाउने धार्मीक बिस्वास रहेको छ । जासुसी राक्षस पुतना दहनका लागि असोज १ गते साँझ सबैको घरबाट काँस, अमरिसोलगायत पाँच जातको घाँसको पुत्ला बनाई दोबाटोमा लगि जलाउनुलाई बुढी पोल्ने पर्व भन्ने गरिन्छ । दोबाटोमा जलाएको पुतना राक्षसको आकृतिबाट जलेको खरानीको तिलक मान्छे तथा गाईलाई लगाउने चलन समेत रहेको मालिकार्जुन गाउँपालिका वडा नम्वर १ का स्थानिय गजेन्द्र सिह धामीले जानकारी दिनुभयो । यसो गर्दा मान्छे तथा गोठमा पालिने जनावरलाई कुनै प्रकारको रोग नलाग्ने धार्मिक विश्वास रहेको मालिकार्जुन १ का स्थानीय धामीले बताउनु भयो ।  बूढी पोल्दा लुतो फाल्ने भन्दै युवाहरु काँक्रो चपाउँदै थुक्ने गर्दछन र नाम पुकार्दै लुतो लैजा भन्दै नाचगान समेत गर्छन् । यो पर्व सुदूरपश्चिम र कर्णालि प्रदेशका पहाडी जिल्लामा तथा भारतको उत्तराञ्चलका कुमाउ गढवालमा  पनि मनाइने गरिन्छ ।