पछिल्लो समय बन्द रहेको खलंगा नाका आवस्यकताको आधारमा खोलीने

४ बर्ष अघि

२0७७ भाद्र ३१ बुधबार

पछिल्लो समय बन्द रहेको खलंगा नाका आवस्यकताको आधारमा खोलीने

दृष्टिकोण समाचार भदौ ३१ दार्चुला । सुदुरपश्चिमका विभिन्न नाकाहरु बन्द गरी कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफण्टा नाका मात्रै खोलेको नेपाल सरकारले आवस्यकताका आधारमा दार्चुलाको खलंगा नाका खोल्ने निर्णय गरेको छ । भाद्र ३० गते बसेको मन्त्री परिषदको बैठकले भारतमा समस्या परेका नागरिकहरुका लागि दार्चुलाको खलंगा र ईलामको पशुपतीनगर नाका खोल्ने निर्णय गरेको छ । विगतमा भारतमा समस्यामा परेका नेपालीहरु भित्रीनका लागि १० वटा नाकाहरु मात्रै तोकीएका थिए । यो निर्णय सँगै अब थप दुई नाका गरी भारतसँगका १२ नाका खुल्ला रहनेछन् भने असोज ३० गते सम्म अन्य सबै नाका बन्द रहनेछन् ।