दार्चुलामा बुधबार थप ६० जनाको स्वाव संकलन गरियो 

४ बर्ष अघि

२0७७ भाद्र ३१ बुधबार

दार्चुलामा बुधबार थप ६० जनाको स्वाव संकलन गरियो 

दृष्टिकोण समाचार भदौ ३१ दार्चुला । बुधबार दार्चुलामा थप ६० जनाको स्वाब संकलन गरिएको छ । भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएका सैलुन व्यवसायीको सम्र्पकमा रहेका ७० जनाको भदौ २७ गते स्वाव संकलन गरेकोमा एक जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । 
कन्टक्ट ट्रेसिङमा रहेका थप ६० जनाको पनि स्वाब संकलन गरी कोभिड अस्पताल डडेल्धुरमा पठाईएको महाकाली नगरपालिका स्वास्थ्य संयोजक मोहन सिह महराले जनाकारी दिनुभयो । हाल सम्म दार्चुलामा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा छ । ५२ जना निको भई घर फर्कि सकेका छने भने ७ जना जिल्लाको विभन्न आइसोलेसमा रहेका छन्  ।