दार्चुलाको दुई स्थानीय तहमा असोज पहिलो साता विद्यालय खोल्ने तयारी 

४ बर्ष अघि

२0७७ भाद्र ३१ बुधबार

दार्चुलाको दुई स्थानीय तहमा असोज पहिलो साता विद्यालय खोल्ने तयारी 

दृष्टिकोण समाचार भदौ ३१ दार्चुला । आगामी असोज पाहिलो साता दार्चुलाका अपिहिमाल र दुहँु गाउँपालिकाले विद्यालय खोल्ने तयारी गरेका छन् । कोरोना संक्रमण मुक्त रहेका यी दुई गाउँपालिकाले उच्च स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय खोल्ने तयारी गरेका हुन् । दुहुँ गाउँपालिकाले असोज एक गतेबाट ७ गतेसम्म विद्यार्थी भर्ना अभिलेख तयार पार्ने, विद्यालयको अवस्थामा सुधार गर्ने गरी असोज ८ गतेबाट नियमित पढाई गर्ने जनाएको छ । त्यस्तै अपिहिमाल गाउँपालिकाले भने विद्यार्थी अभिलेख तयार पारी विद्यालयहरुमा आवस्यक स्वास्थ्य सामाग्री समेत हस्तान्तर गरी सकेकोले असोज पाँच गतेबाटै नियमित पढाई थाल्ने जनाएको छ ।