दृष्टिकोण समाचार भदौ ३१ दार्चुला । सुदुरपश्चिम प्रदेश सरकारको समाजिक बिकास मन्त्रालयको आयोजना र सुदुरपश्चिम विश्व विद्यालय दार्चुला बहुमुखि क्याम्पसको सह—आयोजनामा ब्याँस गाउँपालिका क्षेत्रको बिकास सम्बन्धि बिशेष कार्यक्रम सम्पन्न भएको छ ।समाजिक बिकास मन्त्रालयका प्रतिनिधि जयदेव महराको अध्यक्षतामा सञ्चालन गरिएको उक्त कार्यक्रममा व्याँस क्षेत्रको बहुआयामिक विकासको बारेमा छलफल गरिएको छ । सामाजिक विकास मन्त्रालयको चालु आर्थिक बर्षबाटै बजेट कार्यान्वयन गर्ने गरी व्याँस क्षेत्रको विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, भौतिक निर्माण, प्रशासनिक र सुरक्षा पहुँच जस्ता बहुआयामिक क्षेत्रमा काम गर्ने जनाएको छ । व्याँस गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोेकी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विकास मोडेलको बारेमा सुझाव संकलन गरिएको सुदुरपश्चिम विश्व विद्यालय दार्चुला बहुमखी क्याम्पसका सहायक क्याक्पस प्रमुख धाना धामीले जानकारी दिनु भयो ।