कारोना सक्रमण दर हालसम्मकै उच्च, एकै दिन १५ सय बढी संक्रमित 

४ बर्ष अघि

२0७७ भाद्र ३१ बुधबार

कारोना सक्रमण दर हालसम्मकै उच्च, एकै दिन १५ सय बढी संक्रमित 

काठमाडौ भदौ ३१ ।नेपालमा कोरोना भाईरस कोभिड—१९ बाट सक्रमण हुनेको संख्या हालसम्मकै उच्च रहेको छ । बुधबार एकैदिन १ हजार ५ सय ३९ जनामा कोरोना भाईरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाइएको छ । यो सँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ । गएको २४ घण्टामा १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको हो । गएको २४ घण्टामा १ हजार ६८ जना निको भई डिस्चार्ज भएका छन् हालसम्म ४१ हजार ७ सय ६ जना डिस्चार्ज भएका छन् । यस्तै अहिले  १६ हजार २ सय ४२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन भने ७ हजार ८ सय २० जना क्वारेन्टाईनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोना भाईरसबाट नेपालमा ३ सय ७९ जनाको मृत्यु भईसकेको छ ।