लामो दुरीको यातायात असोज १ देखि नै खुल्ने, भाडा ५० प्रतिशत बढ्यो

४ बर्ष अघि

२0७७ भाद्र ३0 मंगलवार

लामो दुरीको यातायात असोज १ देखि नै खुल्ने, भाडा ५० प्रतिशत बढ्यो

काठमाडौं भदौ ३०। लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । र, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ ।  बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ । यसअघि सोमबार मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी दिँदा मन्त्रीहरुले असोज ५ गतेदेखि सार्वजनिक यातायात खुला गर्ने जानकारी दिएका थिए । तर मन्त्रिपरिषदको निर्णय सुनाउने क्रमममा मन्त्री ज्ञवालीले असोज  १ देखि  नै यातायात सञ्चालन हुने जानकारी दिएका हुन् । अनलाइन खबर बाट