नेपालमा पछिल्लो २४ घण्टामा  १ हजार ४ सय ५९ जनामा कोराना भाइसरको संक्रमण पुष्टि, संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुग्यो 

४ बर्ष अघि

२0७७ भाद्र ३0 मंगलवार

नेपालमा पछिल्लो २४ घण्टामा  १ हजार ४ सय ५९ जनामा कोराना भाइसरको संक्रमण पुष्टि, संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुग्यो 

काठमाडौ भदौ ३० । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ७९ रहेको छ । पछिल्लो २४ घण्टामा थप  १ हजार ६२ जना कोरोना संक्रमणमुक्त भएका छन । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ६ सय ३८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।मन्त्रालयका अनुसार आज थप ११ जनाको  कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कोरोनाले  ज्यान गुमाउनेको संख्या ३ सय ७१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनभयो ।