पत्रकारिता माथि गलत आरोप लगाउने प्रति महासंघको खेद प्रकट (विज्ञप्ती सहित)

६ बर्ष अघि

२0७५ असार २९ शुक्रबार

पत्रकारिता माथि गलत आरोप लगाउने प्रति महासंघको खेद प्रकट (विज्ञप्ती सहित)

दृष्टीकोण समाचार, असार २८ दार्चुला । दार्चुलाको समग्र पत्रकारिता क्षेत्रलाई धमिल्याउने किसिमले सामाजिक सञ्जालबाट गैर अभिव्यक्ति दिएको प्रति पत्रकार महासंघ दार्चुलाले घोर आपत्ती जनाउँदै विज्ञप्ती जारी गरेको छ । पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीलाई असार २७ गते धामीको फेसबुक स्टाटसशको विषयलाई लिएर नेपाली काँग्रेसका महाधिबेशन प्रनितिधी नेता उमेश खत्रीले सामाजिक सञ्जाल फेसबुकबाट दार्चुलाको समग्र पत्रकारिता क्षेत्रलाई नै धमिल्याउने किसिमको अभिव्यक्ति दिएको प्रति नेपाल पत्रकार महासंघ दार्चुला शाखाले आपत्ती जनाएको हो । महासंघका जिल्ला उपाध्यक्ष राजेन्द्रसिह धामीको अध्यक्षतामा बसेको पदाधिकारी सहित पत्रकारहरुको बैठकले सामाजिक सञ्जाल मार्फत भएको पत्रकारिता क्षेत्रको उपहास सह्य नभएको र यस्ता कर्तुत रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण सहित त्यस्ता अभिव्यक्ति दिनेलाई आवस्यक कार्वाही गर्नु पर्ने माग राखेको छ ।