बैतडीमा थप आठ जनामा कोराना संक्रमण पुष्टि

४ बर्ष अघि

२0७७ भाद्र ३0 मंगलवार

बैतडीमा थप आठ जनामा कोराना संक्रमण पुष्टि

बैतडी भदौ १० ।  बैतडीका मंगलबार थप आठ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।डडेल्धुराको पिसीआर प्रयोगशालमा गरिएको परीक्षणमा जिल्लाका थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।जिल्लाको दशरथचन्द नगरपालिकाका ६ जना र डिलाशैनि गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । दशरथचन्द नगरपालिका वडा नं ७ का ३ पुरुष र ३ महिला गरि ६ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ती भुवन प्रशाद जोशीले जानकारिदिनुभएको छ ।यस्तै डिलाशैनि गाउँपालिका वडा नं ७ दुई वर्षीय बालीका र २४ वर्षीय महिला गरि २ जनामा संक्रमण देखिएको स्वास्थ्य उहाँले बताउनुभयो ।संक्रमण देखिएका सबै जना भारतबाट आएका बताइएको छ । उनिहरु घरमै होम आइसोलेसनमा रहेका र स्वास्थ्य अवस्था सामान्य अवस्था सामान्य रहेको स्वास्थय स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । मँगलबार ८ जनामा संक्रमण देखिए संगै बैतडीमा कोरोना संक्रमितको संङ्ख्या ३ सय ८३ पुगेको छ ।