शुखी र समृद्रि गाउँपालिका बनाउन सम्र्पुर्ण युवालाई सचेत गराउदै एक युवक ।

४ बर्ष अघि

२0७७ भाद्र ३0 मंगलवार

शुखी र समृद्रि गाउँपालिका बनाउन सम्र्पुर्ण युवालाई सचेत गराउदै एक युवक ।

दृष्टिकोण समाचार भदौ ३० दार्चुला ।

दार्चुला जिल्लाको दुहुँ गाउँपालिका २ हिकिलाका बिरेन्द्र सिहं बडाल शुखी र समृद्रि गाउँपालिका बनाउन सम्र्पूृण युवालाई सचेत गराईरहेका छन। सहि कामलाइ सहि र गलत कामलाइ गतल भन्न सक्ने हिम्मत आओस् भनि निरन्तर आफनो फेसबुक वालबाट विकासको लागि फोटो सेसन सचेतना अभियान सुरु गरेर  सबै युवालाइ सचेत गराइरहेको बडाल बताउनुभयो। यो अभियानको थालनीमा बिकास निर्माणका कार्यहरुमा गुणस्तरीयता शुन्य भएको कारण जनताको पसिनाको मुल्य खेर गएको उँहाले बताएका छन। योजनाहरु गुणस्तर बिहिन भएका र केहि योजनाहरु बनेको दुई दिनमै बिग्रने भएकाले अब सचेतनाको लागि आफु फोटो सेसन अभियानमा लागेको उँहाले भन्नुभयो। आफु नेपाली नागरीकको हैसियतले सबिधानको आर्टिकल १७ र ४८ ले मलाई गलत बिरुद्ध बोल्न र सार्वजनिक सम्पतिको संरक्षण गर्ने अधिकार दिएको हुनाले लकडाउनको समयमा घरमै बसेर हुल दङग नगरी सबै युवावर्गलाई सचेत गराउने अभियान सुरु गरेको बडालले बताएका हुन। यस्तै दुहुँ गाउँपालिकाको सुधार गर्न सम्पूर्ण दुहुँबासी सचेत हुनु आवश्यक रहेको पनि बताएका छन। यो अभियानबाट सम्पूृर्ण बिकासप्रेमी युवाहरुको साथ सहयोग बढदै जाने , दुहुँका युवा सचेत हुदै गए एकदिन समृद्ध दुहुँ बन्ने कुरामा आफु ढुक्क भएको, सम्पूर्ण युवाहरुलाई गलत बिरुद्ध आवाज उठाउने र राम्रो काम गर्न र गराउन हौसला दिने र सहयोगी सम्पूर्ण बिकासप्रेमी साथीहरुलाई धन्याबाद दिदै अबको दुहुँ सचेत हुने कुरामा आफु ढुक्क रहेको बडालले बताएका छन। ‘
पुर्बाग्रही, कसैको स्वार्थ बिना, यो दुहुका युवाहरुले अब बिकास निर्माणमा सहयोग गर्नु आवश्यक छ । देश सुधार्न राजनीति सुध्रिनु जरुरी छ । तर, राजनीति सुध्रिन हामी जनता सुधिर्नु जरुरी छ, जनता सचेत भए मात्रै बिकास सम्भव छ, बडालको भनाई छ । ।
बिगत लामो बर्स देखि चल्दै आएका चाहे संघ का आयोजना हरु होउन, चाहे प्रदेशका आयोजनाहरु अनि चाहे स्थानीयका आयोजना हुन, प्रयोगमा न आउदै बिगृने गरेका छन ।गुणस्तर हिन बनेका छ्न। जनताको पैसा खोलामा बगे सरह अनुभव अहिलेको हामी सम्पुर्ण दुहुबासी युवाहरुले पाएको कारण हामी सबै एकजुट हुने हाम्रो यो अभियान अब निरन्तर चलिरहने छ।