दार्चुलामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

४ बर्ष अघि

२0७७ भाद्र ३0 मंगलवार

दार्चुलामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

दृष्टिकोण समाचार भदौ ३० दार्चुला । दार्चुलमा थप ३ जनामा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ । सैलुन व्यवसायीको सम्पर्कमा रहेका ७० जनाको पिसिआर परिक्षण गर्दा महाकाली नगरपालिकाका २४ वर्षकी एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि छ । त्यस्तै शैल्यशिखर नगरपालिको वडा नम्बर ६ का २ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । दार्चुला जिल्लामा हाल सम्म ५९ जनामा कोरोना पुष्टि छ।