भौगोलिक विकटताले पछि परेको दार्चुलाको मार्मा गाँउपालिकाले विकासमा फड्को मार्दै

४ बर्ष अघि

२0७७ भाद्र ३0 मंगलवार

भौगोलिक विकटताले पछि परेको दार्चुलाको मार्मा गाँउपालिकाले विकासमा फड्को मार्दै

दृष्टिकोण समाचार भदौ ३० दार्चुला । स्थानीय सरकार गठन भएपछि दार्चुला जिल्लाको मार्मा क्षेत्रमा खानेपानी ,शिक्षा ,स्वास्थ्यको क्षेत्रमा पहिलेको भन्दा धेरै परिर्वतन भएको मार्मा गाँउपालिका १ का स्थानीय विर सिह महराले बताउनु भयो । पहिले गाँउमा एक धाराबाट पानी पिउनु पर्ने बाध्यता थियो अहिले आएर प्रतेकका घरघरमा धारा बनेका छन । स्थानीय सरकार गठन भएपछि अहिले सबै गाँउबस्तीमा विकास भएको स्थानीय महराको भनाई छ । मार्मा गाँउपालिका क्षेत्रमा विद्युत उत्पान भएपनि गाँउपालिका क्षेत्रमा बत्ति विस्थार गर्न नसकिएकाले यो आर्थिक भित्र सबै क्षेत्रमा विद्युतिकरण गरिने मार्मा गाँउपालिका अध्यक्ष जमन सिह धामीले बताउनु भयो । अहिले मार्मा गाँउपालिका क्षेत्रमा खानेपानी, विद्युतीकरण र सडक निर्माण काम अघि बढेको अध्यक्ष धामीले जानकरी दिनु भयो । विगतमा केन्द्रीकृत शासन सत्ताको कारणले यो क्षेत्र पछाडि रह्यो, अब स्थानीय तहहरुमा जनप्रतिनिधि आएका छन छिटै विकास हुनेमा स्थानीयहरुमा विस्वास पलाएको छ । मार्मा क्षेत्रको विकासमा गाँउपालिका प्रदेश सरकार र संघियसरकार संगको सहकार्यमा विद्यालय, सडक लगायत खानेपानीका क्षेत्रमा काम गर्ने गरि अगाडि बढेको अध्यक्ष धामीले बताउनु भयो । आर्थिक बर्ष २०७७ ७८ माको निति तथा कार्यक्रमबाट  अहिले सम्म अधुरा रहेका कामहरु पुरा गर्ने गरि गाँउपालिकाले निति समेत तयार पारिसकेको मार्मा गाँउपालिका अध्यक्ष धामीले जानकारी दिनु भयो ।