एकै दिन थपिए ३ लाख ७ हजारभन्दा बढी कोरोना संक्रमित, सबैभन्दा धेरै भारतमा

४ बर्ष अघि

२0७७ भाद्र २९ सोमबार

एकै दिन थपिए ३ लाख ७ हजारभन्दा बढी कोरोना संक्रमित, सबैभन्दा धेरै भारतमा

काठमाडौं  भदौ २९ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस ९कोभिड–१९० का तीन लाख सात हजारभन्दा धेरै संक्रमित थपिएका छन् ।विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर तीन लाख सात हजार ९३० नयाँ संक्रमित थपिएका हुन् ।यो संख्या एकैदिनमा थपिएको अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि सेप्टेम्बर ६ मा तीन लाख ६ हजार ८५७ नयाँ संक्रमित फेला परेका थिए ।पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसको कारण पाँच हजार पाँच सयभन्दा धेरैको मृत्यु भएको छ । यससँगै विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या नौ लाख १७ हजार ४१७ पुगेको छ ।डब्ल्यूएचओको अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै नयाँ संक्रमित भारत, अमेरिका र ब्राजिलबाट थपिएका छन् ।विश्वभर कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या दुई करोड ८० लाख नाघिसकेको छ । जसमध्ये आधा संक्रमित उत्तर र दक्षिण अमेरिकामा फेला परेका छन् ।यो अवधिमा भारतमा ९४ हजारभन्दा धेरै संक्रमित फेला परेका थिए भने अमेरिकामा ४५ हजार तथा ब्राजिलमा ४३ हजारभन्दा धेरै संक्रमित फेला परेका थिए ।यो अवधिमा भारत र अमेरिकामा एक हजारभन्दा बढीको मृत्यु भएको थियो भने ब्राजिलमा ८७४ जनाको मृत्यु भएको थियो ।