बैतडीमा सबै संक्रमित कोरोना मुक्त

४ बर्ष अघि

२0७७ भाद्र २९ सोमबार

बैतडीमा सबै संक्रमित कोरोना मुक्त

बैतडी भदौ २९  । बैतडी जिल्ला तत्कालका लागि कोरोनाको सक्रिय संक्रमित शुन्य जिल्ला भएको छ ।जिल्लाका विभिन्न स्थानीय तहका ३७५ जनामा संक्रमण पुष्टि भएको र सबै डिस्चार्ज भईसकेकाले तत्कालका लागि सक्रिय संक्रमित शुन्य रहेको जिल्ला भन्न सकिने स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।पाटन नगरपालिकाका १ जना संक्रमित पनि आज डिस्चार्ज भएसंगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य भएको हो । ३७५ जना नेपाल सरकारको मापदण्ड अनुसार संक्रमणपछि क्वारेन्टाइन बसेका, केहीको दोश्रो र केहीको तेश्रो पटक कोरोना परीक्षण गरेर घर पठाइएको जोशीले बताउनुभयो ।बैतडीमा अहिले सम्म ४ हजार १२९ जनाको स्वाब संकलन गरिएकोमा अब ३२ जनाको मात्रै रिपोट आउन बाँकी रहेको छ । अहिलेका लागि सक्रिय संक्रमित शुन्य छन् ।अझै पनि कोरोनाको जोखिम कायमै भएकोले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आवश्यक रहेकोमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।संक्रमणको जोखिम कायमै भएकोले बैतडीमा भदौ ३१ गते सम्मका लागि निषेधाज्ञा जारि गरिएको छ ।