नेपालमा थप १ हजार १ सय ७० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि । संक्रमितको संख्या ५५ हजार नाघ्यो 

४ बर्ष अघि

२0७७ भाद्र २९ सोमबार

नेपालमा थप १ हजार १ सय ७० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि । संक्रमितको संख्या ५५ हजार नाघ्यो 

काठमाडौ भदौ २९ । पछिल्लो २४ घण्टामा १ हजार १ सय ७० जनाका कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ । उनीहरुमध्ये ३ सय ६० जनाको मृत्यु भएको छ । भने ३९ हजार ५ सय ७६ जना संक्रमणमुक्त भएका छन  । पछिल्लो २४ घण्टामा ८ सय ७९ जना डिस्चार्ज भएका छन । हाल देशभर १५ हजार ३ सय ९३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।